मनकामना क्लबको खेल मैदानको मर्मत सुरु
शुक्रबार, ११ असार २०७८खेलपाटी संवाददाता

काठमाडौं । कैलालीको मनकामना युवा क्लब धनगढीले आफ्नो खेल मैदानको मर्मत सुरु गरेको छ ।
कोभिड-१९ को कारण सरकारले लगाएको लकडाउनपछि मैदान खाली हुँदा क्लबले मैदानको स्तरोन्नतिको काम सुरु गरेको हो ।
क्लबले मैदानको घाँस मिलाउनेसहितको अन्य मर्मत कार्य भईरहेको जनाएको छ ।
क्लबले लकडाउन खुलेपछि दैनिक प्रशिक्षणका लागि मैदान खुला गरिने समेत जनाएको छ ।
मनकामना क्लब धनगढीमा स्थापित फुटबल क्लब हो ।







-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


