उरुग्वे क्वाटरफाइनलमा
शुक्रबार, ११ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।
यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह 'ए' को उरुग्वे चौंथो स्थानमा रहेको छ ।
बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


