जोनद्वारा सम्झौता नवीकरण
बिहिबार, १० असार २०७८खेलपाटी संवाददाता
एजेन्सी । इंग्लिस क्लब उल्भ्सका गोलकिपर जोन रुड्डीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्लिस गोलकिपर जोनले उल्भ्ससँग एक सिजनको लागि सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरण गरेसँगै जोन २०२१/२२ को सिजनसम्म उल्भ्समा रहने छन् ।
३४ वर्षीय गोलकिपर जोन २०१७ मा नर्विच सिटीबाट उल्भ्स आएका थिए ।
उल्भ्सका लागि उनले ६० भन्दा बढी खेल खेलेका छन् ।
उनले एभर्टनबाट समेत खेलेका थिए ।
इंग्ल्यान्डबाट उनले एक खेल खेलेका छन् ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


