एजेन्सी । जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिगले अमेरिकाका युवा मिफिल्डर काडेन क्लार्कलाई अनुबन्धित गरेको छ ।
लाइपजिगले १८ वर्षीय अट्याकिङ मिडफिल्डर क्लार्कलाई एमएसएल क्लब न्युयोर्क रेड बुल्सबाट अनुबन्ध गरेको हो ।
युवा मिडफिल्डर क्लार्कले लाइपजिगसँग २०२४ सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनी २०२० मा एमएसएल क्लबमा अनुबन्धित भएका थिए ।
उनी एमएलएसको जारी सिजनसम्मको लागि न्युयोर्कबाटै लोनमा खेल्ने छन् ।
क्लार्क मिडफिल्डसँगै विंगरको भूमिकामा सहजै खेल्न सक्छन ।
यस सिजन उनले ८ खेलमा ४ गोल गरिसकेका छन् ।
