काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (बिहीबार) राति दुई खेलहरु हुँदैछन् ।
एरिना पन्टानलमा हुने पहिलो खेलमा उरुग्वेले बोलिभियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
उरुग्वे आज पहिलो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा उरुग्वेले १ अंक मात्र जोड्न सकेको छ ।
समूह 'ए' मा रहेको उरुग्वेले २ खेलमा १ अंक जोडेको छ । र, समूहको चौंथो स्थानमा रहेको छ ।
बोलिभियाले अंक जोड्न सकेको छैन । अघिल्ला दुई खेलमा बोलिभिया पराजित भएको थियो ।
बोलिभिया समूहको पुछारमा रहेको छ ।
दोस्रो खेलमा चिलीले पाराग्वेसँग खेल्नेछ । दुई टोलीबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
समूहको दोस्रो स्थानमा रहेको चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
पाराग्वे २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।