एजेन्सी । यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगमा प्रयोग गरिदै आएको 'अवे गोल' को नियम हटेको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले 'अवे गोल' को नियम हटाईएको जनाएको छ ।
अब सन् २०२१/२२ को सिजन युरोपियन फुटबलमा अवे गोलको नियम लागु हुने छैन ।
अवे गोलको नियम करिब आधा शताब्दीबाट प्रयोग हुँदै आईरहेको थियो ।
सन् १९६५/६६ को सिजनबाट अवे गोलको नियम प्रयोग गरिदै आएको थियो ।
यूईएफएले क्लब कम्पिटिसन कमिटि, यूईएफए वुमन्स फुटबल कमिटि र यूईएफए कार्यकारी सिमितिले अवे गोलको नियम हटाउने प्रस्तावलाई अनुमोदन गरेको जनाएको छ ।