एजेन्सी । लिभरपुलका युवा गोलकिपर काइम्हिन केलहरले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।
लिभरपुलमा थप पाँच वर्ष रहने गरि गोलकिपर केलहरले नयाँ सम्झौता गरेका छन् ।
लिभरपुलले बिहीबार गोलकिपर केलहरले क्लबसँग लामो समय बस्ने गरि सम्झौता गरेको जनाएको छ।
'लिभरपुलसँग नयाँ सम्झौता गर्न पाउँदा म खुसी छु,' सम्झौतापछि क्लबको वेबसाइटसँग उनले भनेका छन् ।
२२ वर्षीय गोलकिपर २०१५ मा लिभरपुलको एकेडेमीमा आबद्द भएका थिए । उनले क्लबको सिनियर टिमबाट डेब्यु गरिसकेका छन् ।
रिपब्लिक अफ आयरल्याण्डका गोलकिपर केलहरले गत सिजन च्याम्पियन्स लिग र प्रिमियर लिगमा २/२ खेल खेलेका थिए ।
केलहरले आयरल्याण्डको सिनियर टोलीमा समेत डेब्यु गरिसकेका छन् ।
