बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कीर्तिमानी रोनाल्डो

बिहिबार, १० असार २०७८खेलपाटी संवाददाता
कीर्तिमानी रोनाल्डो
Loading ad...
mustang rice ad

एजेन्सी । कोरोना भाईरसको महामारी बाबजुत युरोपियन च्याम्पियनसिपको १६ औं संस्करण युरोपको ११ शहरमा भईरहेको छ ।

युरोकपको जारी संस्करणको नकआउट चरणमा पुग्ने टिमको समेत तय भईसकेको छ । नकआउट चरण शनिबारबाट सुरु हुनेछ ।

युरोकपको समूह चरण सकिदा सर्वाधिक चर्चामा रहे पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । साविक विजेता पोर्चुगललाई नकआउट चरणमा पुर्याउन रोनाल्डोको योगदान महत्वपूर्ण रह्यो ।

३६ वर्षीय रोनाल्डोले पोर्चुगललाई अन्तिम १६ को यात्रा तय गराउदा थुप्रै कीर्तिमान समेत बनाए । केहि कीर्तिमानमा रोनाल्डोले बराबरी गरे । नकआउट चरणको खेलपछि रोनाल्डोले थप केहि कीर्तिमान भङ्ग गर्ने पक्का छ ।

रोनाल्डोले बनाएको कीर्तिमानहरु :

युरोकपमा सर्वाधिक गोल -

रोनाल्डोले यस संस्करणबाट युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

रोनाल्डोले फ्रान्सेली लिजेण्ड मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

जारी प्रतियोगिताको ३ खेलमा ५ गोल गरिसकेका रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या १४ पुर्राएका छन् ।

रोनाल्डोले प्लाटिनीको कीर्तिमान तोड्न पाँच युरोकप खेल्नु परेको छ । एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान प्लाटिनीको नाममा रहेको छ । उनले एकै संस्करण (सन् १९८४) मा ९ गोल गरेका थिए । रोनाल्डोलाई यस युरोकप प्लाटिनीको कीर्तिमान तोड्ने अवसर रहनेछ ।

पाँच संस्करणको युरोकप खेल खेलाडी -

रोनाल्डो पाँच फरक संस्करणको युरोकप खेल्ने पहिलो खेलाडी हुन् । समूह चरण अन्तर्गत हंगेरीविरुद्ध मैदान उत्रदै रोनाल्डोले पाँच संस्करणको युरो खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलेका थिए । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

पाँचै संस्करण गोल -

रोनाल्डो लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका थिए ।

यस संस्करणमा भने रोनाल्डोले ५ गोल गरिसकेका छन् । उनले हंगेरी र फ्रान्सविरुद्ध दुई दुई गोल गर्दा जर्मनीविरुद्ध एक गोल गरेका हुन् ।

दुई ठुला प्रतियोगिता सर्वाधिक गोल -

रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका हुन् ।  

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे ।   रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् ।

यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए । जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

Image

देशका लागि सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी -

रोनाल्डो पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गर्न सफल भए ।

रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्  ।  रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका हुन् ।

रोनाल्डोले नकआउट चरणमा एक गोल गरे दाइको कीर्तिमान भङ्ग गर्ने छन् ।

इरानी दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १ सय ९ गोलको कीर्तिमान बनाएका थिए ।

Image

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा