एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सर्जियो रामोससंग सम्पर्क गरेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट बिदा लिएका डिफेन्डर रामोसलाई अनुबन्ध गर्न पीएसजीले तिव्र ईच्छा देखाएको छ ।
प्रियिमर लिगका दुई क्लब र सिरि एको एक क्लब स्पेनिस डिफेन्डरलाई अनुबन्ध गर्न चाहन्छन् । त्यसैले रियल मड्रिडका पूर्व कप्तानलाई हस्ताक्षर गर्ने दौड तिव्र बनेको छ ।
रामोसले रियल मड्रिडसंग दुई वर्षको सम्झौता चाहेका थिए । तर रियलले मात्र एक वर्ष सम्झौताको प्रस्ताव रामोस समक्ष राखेको थियो ।
रियल मड्रिडमा १६ वर्ष बिताएका रामोस खेलाडी सरुवा बजारमा उपलब्ध छन् । उनले गत महिनाको अन्तिममा रियल छाड्ने निर्णय गरेका थिए । क्लबसंग नयाँ सम्झौताको बिषयमा कुरा नमिलेपछि रामोसले रियलबाट बिदाई लिएका थिए ।

युरोपका धेरै क्लब युरोपेली क्लब फुटबलका अनुभवी र भेट्रान खेलाडीलाई अनुबन्धन गर्न चाहन्छन् । यस दौरानमा पीएसजी सबैभन्दा अघि देखिएको छ । उसले खेलाडीसंग पहिलो पटक सम्पर्क गरेर अनुबन्धको प्रस्ताव अघि बढाएको छ ।
पीएसजीले रियल मड्रिडका पूर्व सेन्टर ब्याकलाई अनुबन्धन गर्न प्रारम्भिक सम्पर्क गरेको छ । तर कुनै मुल्यको प्रस्ताव गरेको छैन । तर ३५ वर्षिया खेलाडी फ्रान्स जाने बिषयमा धेरै पटक छलफल भएको बताईएको छ ।
स्पेनको राष्ट्रिय टिमबाट बाहिरिएका रामोसलाई प्रशिक्षक लुइस एनरिकेले युरो २०२० बाट बाहिर राखे । रामोसले नयाँ क्लबसंग दुई वर्षको सम्झौता चाहेका छन् । जसमा उनको इच्छा च्याम्पियन्स लिग खेल्ने समेत रहेको छ ।

म्यान्चेष्टर युनाईटेड, चेल्सी र म्यान्चेष्टर सिटी रामोससंग जोडिएका छन् । इटालीका एसी मिलान, रोमा, युभेन्ट्स र ईन्टरले समेत स्पेनिस डिफेन्डरमा चासो देखाएका छन् ।
रियल मड्रिडको बिदाईमा रामोसले नयाँ गन्तव्यको विषयमा भनेका थिए, ‘महत्वपूर्ण कुरा यो हैन कि तिमी कहाँ छौं ?’ यो कसको साथ छ ।
‘हामीले कुनै पनि समय अन्य क्लबको विषयमा सोचेनौं । जबबाट म बजारमा आएको छु । केही फोन आएको छ । तर मैले मड्रिड छाड्ने विषयमा केही सोचेको छैन । यहाँबाट जादै गर्दा म राम्रो विकल्प खोज्नेछु ।’ उनले भनेका थिए ।