एजेन्सी । बायर्न म्युनिखले फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा इर्लिङ हालान्डमा हेरेको छ ।
पोल्याण्डका कप्तान लेवान्डोस्कीको यस समर ट्रान्सफरमा बायर्न छोड्ने तयारी छ । म्युनिखमा करिब ७ वर्ष बिताएका लेवान्डोस्की बुन्डेसलिगा च्याम्पियन क्लब छोड्न चाहन्छन् ।
लेवान्डोस्कीले जर्मन च्याम्पियनमा बस्ने निर्णय गरेपनि जर्मन मिडियाका अनुसार बार्यनले अर्को सिजन हालान्डलाई अनुबन्धन गर्ने दाबी गरेका छन् ।
३२ वर्षका लेवान्डोस्कीको सम्झौता क्लबसंग अन्तिम वर्षको रहेको छ । उनको बायर्नसंगको सम्झौता सन् २०२२ मा सकिदैछ । उनीसंग सम्झौता नविकरणका लागि समेत प्रयास भईरहेको छ ।
लेवान्डोस्की पछिल्लो समय चेल्सीसंग जोडिएका छन् । सम्झौताको अन्तिम वर्ष रहेकाले चेल्सीले लेवान्डोस्कीलाई सम्पर्क गरेर छ ।
‘म खुल्ला दिमागको रहन्छु । मैले बायर्नमा निकै राम्रो महशुश गरिरहेको छु । क्लब निकै उत्कृष्ट छ । यो महान क्लब हो ।’ लेवान्डोस्कीले पछिल्लो पटक भनेका छन्, ‘नयाँ भाषा, नयाँ संस्कृति सिक्न म सधै उत्सुक छु । तर यो फुटबलमा हुनेछ वा मेरो करियर पछि हुनेछ । मलाई थाहा छैन ।’
लेवान्डोस्कीले बायर्नमा ७ पटक लगातार लिग च्याम्पियनको उपाधि जिते र सन् २०२० मा च्याम्पियन्स लिगको उपाधि उचाले ।
हालान्डले लेवान्डोस्कीकै बाटो पछ्याईरहेका छन् । बोरुसिया डर्टमण्डको मुख्य प्रतिद्धन्दी बायर्न हालान्डलाई अनुबन्धन गर्न प्रतिक्षा गरिरहेको छ । लेवान्डोस्की डर्टमण्ड क्लबबाटै बायर्नमा आएका थिए । हालान्ड पछिल्लो समय वेस्ट लण्डन क्लब चेल्सीसंग समेत जोडिएका छन् ।
उनी व्यक्तिगत सम्झौताको विषयमा सहमत छन् । तर १ सय ५० मिलियन पाउण्डको चर्को मुल्यले उनलाई लण्डन लैजान समस्या पार्न सक्छ ।
चेल्सीले हालान्डको विल्कपको रुपमा भिल्ला रियलका जिराड मोरिनोलाई हेरेको छ । मोरिनोले गत सिजन भिल्ला रियलमा शानदार सिजन बिताएका छन् ।