एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह 'ई' र समूह 'एफ' का २/२ खेलहरु हुनेछन् ।
जारी युरोकपमा १२ टिमले भने नकआउट चरणमा स्थान बनाईसकेका छन् । अब नकआउट चरणमा ४ टिमले स्थान बनाउने छन् ।
समूह 'ए' बाट इटाली समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ । वेल्स समूह उपविजेता बन्दा स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो हुँदै अम्तिम १६ मा पुगेको हो ।
समूह 'बी' बाट बेल्जियम समूह विजेता र डेनमार्क समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन् ।
समूह 'सी' बाट नेदरल्यान्ड्स विजेता र अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह 'डी' बाट इंग्ल्यान्ड समूह विजेता र क्रोएसियाले उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएका छन् । यस समूहबाट चेक रिपब्लिक उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा पुगेको छ ।
समूह 'ई' बाट स्विडेनले नकआउट चरणमा स्थान पक्का गरेको छ ।
यस्तै समूह 'एफ' बाट फ्रान्सले पनि नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।