एजेन्सी । इटालियन सिरी 'ए' क्लब इन्टर मिलानले अट्याकिङ मिडफिल्डर हाकन काल्हानोग्लुलाई अनुबन्धित गरेको छ ।
टर्किस खेलाडी हाकनलाई इन्टरले डर्बी क्लब एसी मिलानबाट अनुबन्ध गरेको हो ।
हाकनले इन्टरसँग २०२४ को जुनसम्म क्लबमा बस्ने गरि सम्झौता गरेका छन् ।
उनी फ्री ट्रान्सफरमा इन्टर आएका हुन् ।
२७ वर्षीय हाकन सन् २०१७ मा जर्मन क्लबबाट मिलान आएका थिए ।
हाकनले मिलानका लागि १ सय ३५ खेल खेल्दै २२ गोल गरेका थिए ।
