एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब नर्विच सिटीले कोसोभोका मिडफिल्डर मिलोट राशिकालाई अनुबन्धित गरेको छ ।
प्रिमियर लिगमा बढुवा भएको नर्विचले जर्मन क्लब वेर्डेर ब्रेमेनबाट मिलोटलाई अनुबन्ध गरेको हो ।
नर्विचले मिलोटलाई ९.४ मिलियनमा क्लबमा भित्र्याईएको जनाएको छ ।
२४ वर्षीय मिडफिल्डरले नर्विचसँग ४ वर्षको सम्झौता गरेका छन् ।
क्लबमा मिडफिल्डर इमिलियानो बुएनडिया अर्को प्रिमियर लिग क्लब एस्टन भिल्ला गएपछि नर्विचले मिलोटलाई अनुबन्ध गरेको हो ।
नर्विचमा आबद्द भएसँगै मिलोट प्रिमियर लिग खेल्ने कोसोभोका दोस्रो खेलाडी बनेका छन् ।
यस अघि कोसोभोका बेर्सान्ट सेलिनाले म्यानचेस्टर सिटीबाट खेलेका थिए ।