एजेन्सी । प्रशिक्षक जोसे मौरिन्होले चेल्सीका तत्कालिन मिडफिल्डर केभिन डे ब्रुएनालाई क्लब बाहिर पठाउने निर्णय आफ्नो नभएको बताएका छन् ।
मौरिन्होले ब्रोयनलाई जर्मन क्लब उल्फसवर्ग पठाउने निर्णय आफ्नो नभएको बताए । उनले ब्रुएना स्वयम चेल्सी छाड्न चाहेको दाबी गरेका छन् । उनले ब्रुएनाले धैर्यता नदेखाउदा स्टामफोर्ड ब्रिज क्लबमा मौका नपाएको दाबी गरे ।
चेल्सीले १८ मिलियन पाउण्डमा ब्रुएनालाई उल्फसवर्ग फिर्ता पठाएको थियो । बेल्जियमका स्टारले चेल्सीमा ९ खेलमा मात्र मौका पाए । उनले जर्मन क्लब वेडर ब्रेमेनमा लोनमा दुई वर्ष बिताए ।
चेल्सीले सन् २०१४ मा बेल्जियमका मिडफिल्डरलाई १८ मिलियन पाउण्डमा उल्फसवर्गमा बेचेको थियो । लगत्तै अर्को वर्ष ब्रुएना ५२ मिलियन पाउण्डमा प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी फर्किएका थिए ।
२९ वर्षीय खेलाडी समकालिन फुटबलका सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले प्रिमियर लिगको उपाधि दुई पटक लगातार जित्नुका साथै प्रिमियर लिगको वर्ष खेलाडी समेत घोषित भएका छन् ।
चेल्सीले ब्रुएनालाई क्लब छाड्ने अनुमती दिएको थियो । त्यो समय चेल्सीको मुख्य प्रशिक्षकमा मौरिन्हो थिए । उनले अहिले आएर ब्रुएनालाई छाड्ने आफ्नो चाहना नभएको बताएका छन् ।

‘उनले मलाई प्रभावित बनाएका थिए । म उनलाई लोनमा जान दिन चाहदैन थिए । म उनलाई राख्न चाहन्थे । उनी प्रिमियर गिको पहिलो खेलमा हल सिटीविरुद्ध पहिलो रोजाईमा उत्रिएका थिए ।’ मौरिन्होले भने ।
‘दोस्रो खेलमा हामी ओल्डट्राफोर्ड पुग्यौं । र उनले मसंग आएर सबै खेल खेल्न चाहेका बताए । उनले हरेक मिनेट खेल्न चाहेको उल्लेख गरे । यसमा उनले धेरै दबाब बनाए ।’ मौरिन्होले भने ।
‘उनी छोड्न चाहन्थे । उनी जर्मनी जान चाहन्थे । उनी लोनमा गए, उनी खुसी थिए । त्यो उनको निर्णय थियो । उनले धेरै दबाब बनाएका थिए । यसले काम पनि गर्यो ।’ मौरिन्होले थपे ।
‘कथा यहीँ हो । त्योनै खेलाडीको क्षमता हो । उनी विश्वका शीर्ष ५ खेलाडीभित्र पर्छन् ।’ उनले भने ।
मौरिन्होका अनुसार ब्रुएना आफ्नो समय बिताउनका लागि तयार भएका थिएनन् ।
स्टामफोर्ड ब्रिजमा आफ्नो प्रभाव विस्तार गर्नका लागि ब्रुएनालाई प्रतिक्षा गर्न आवश्यक रहेको मौरिन्हो उल्लेख गर्छन् ।
‘जब उनलाई लोनमा जादै थिए । तब मैले उनलाई क्लबमै रहने निर्णय गरेको थिए । मैले उनको क्षमता देखेको थिए । उनीसंग अनुभव र परिपक्कता थिएन । जुन कुरा अहिले उनीसंग छ । तर उनीसंग पहिल्यै आफ्नो कदम र दृष्टी थियो ।’ मौरिन्होले भने ।
‘उनीलाई राम्रोसंग थाहा थियो, उनी के चाहन्छन् र उनी चेल्सीमा त्यो सिजनका लागि तयार थिएनन् । किनकी एउटै टिममा धेरै राम्रा खेलाडी थिए । उनीसंग धैर्यता थिएन ।’ उनले थपे ।
‘कुनै समय हामी प्रशिक्षक गल्ती गर्छौ । तर यो यस्तो थिएन । मैले देखेको थिए, उसमा यो गर्ने क्षमता छ । तर उनी राम्रोसंग जान्दथे, उनी के चाहन्छन् ।’ मौरिन्होले थपे ।
इतिहाद बसाईको ६ वर्षमा ब्रुएनाले ब्यक्तिगत रुपमा तीन प्रिमियर लिग, पाँच लिग कप र एफ ए कप जितेका छन् ।