एजेन्सी । इंग्लिस क्लब वाटफोर्डले नाइजेरियाका युवा फरवार्ड इमानुएल डेनिसलाई अनुबन्ध गरेको छ ।
वाटफोर्डले बेल्जियमको क्लब क्लब ब्रुगबाट युवा फरवार्ड डेनिसलाई अनुबन्ध गरेको हो ।
२३ वर्षीय फरवार्डले गत सिजन लोनमा जर्मन क्लब एफसी क्लोनबाट खेलेका थिए ।
बुन्डेसलिगामा उनले ९ खेल खेलेका थिए ।
उनी सन् २०१७ मा बेल्जियन क्लब आएका थिए ।
बेल्जियन क्लबका लागि उनले ९० खेलमा २७ गोल गरेका थिए ।
उनले नाइजेरियाको राष्ट्रिय टिमबाट २ खेल खेलिसकेका छन् ।