एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रको लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानीसँग बराबरी गरेको छ ।
मेस्सीले पूर्व मिडफिल्डर जेभियर मास्चिरानोको नाममा रहेको १ सय ४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत मंगलबार बिहान पाराग्वेसँगको खेलसँगै मेस्सीले मास्चिरानोको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
उक्त खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले हराएको छ । र, अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ ।
३३ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि १ सय ४७ खेलमा ७३ गोल गरेका छन् ।
अब मेस्सीले बोलाभियासँगको खेलसँगै देशका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउने छन् ।
३७ वर्षीय मास्चिरानोले २०१८ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् ।