चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा
मंगलबार, ०८ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिएपनि चिलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६६ औं मिनेटमा भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो ।
यस बराबरीसँगै समूह 'ए' को चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ ।
उरुग्वे २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


