एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले डेनमार्क र रुसबीच प्रतिस्पर्धा भईरहेको छ ।
पार्केन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३८ औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले पिएरे इमिलको पासमा गोल गरे ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।
डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेल गुमाएको थियो । तर, डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।