एजेन्सी । इंग्ल्यान्डका मासन माउन्ट र बेन चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउन सक्ने भएका छन् ।
कोरोना भाईरस संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि माउन्ट र चिलवेलले चेक रिपब्लिकविरुद्धको खेल गुमाउने सम्भावना देखिएको हो ।
स्कटल्याण्डका मिडफिल्डर विलि गिल्मोरलाई कोरोना संक्रमण देखिएको थियो । र, विलिसँगको क्लोज कन्ट्याक्टमा माउन्ट र चिलवेल परेका छन् ।
क्लोज कन्ट्याक्टमा परेपछि दुबै खेलाडीलाई सेल्फ आईसोलेसनमा पठाईएको छ ।
इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा मंगलबार चेक रिपब्लिकसँग खेल्नेछ ।