एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा अष्ट्रियाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २१ औं मिनेटमा क्रिस्टोफ बाउम्गार्टनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका हुन् ।
कप्तान डेभिड अल्बाको पासमा उनले गोल गरेका हुन् ।
समूह 'सी' मा रहेका दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
युक्रेन २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले हराएको थियो ।
अष्ट्रियाविरुद्ध युक्रेनलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुग्ने समीकरण रहेको छ । तर, युक्रेन स्पष्ट जित निकाल्न चाहन्छ ।
अष्ट्रियालाई भने जित बाहेक अन्य बिकल्प छैन । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो ।