एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
जोहान क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्सले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २४ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
काउन्टर बलमा डोनवेल मालनको पासमा डिपेले गोल गरेका हुन् ।
त्यसअघि २१ औं मिनेटमा म्यासेडोनियाका एलेक्सजेण्डर ट्राजकोभस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
समूह 'सी' मा रहेको नेदरल्यान्ड्स यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।
नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो ।
आज नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।
नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।
पहिलो खेलमा म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित हुँदा दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै नर्थ म्यासेडोनिया सुखद अन्त्य गर्न चाहन्छ ।