एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्विट्जरल्यान्डले टर्कीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बाकुमा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्डले २-० गोलको अग्रता बनाएको छ । पहिलो हाफमा स्विट्जरल्यान्डका लागि हरिस सेफेरोभी र जद्रान शाकिरीले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । स्टेभेन जुबेरको पासमा उनले चलाखीपूर्णक गोल गरे ।
त्यसपछि खेलको २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । उनले जुबेरकै पासमा डिबक्स क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे ।
आज स्विट्जरल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । स्विट्जरल्यान्ड जित निकाल्दै नकआउट चरणको ढोका खोल्न चाहन्छ ।
स्विट्जरल्यान्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।
टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।