एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले घरेलु टिम इटाली र वेल्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
रोममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।
इटालीले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।