एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अहिले फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा भईरहेको छ ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन् ।
रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन् ।

पहिलो हाफमा फ्रान्सले बल पोसेसनमा पकड जमाएको थियो । तर, फ्रान्सले गोल भने निकाल्न सकेन ।
फ्रान्सका करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोलमा परिणत गर्न सकेनन् ।
समूह 'एफ' मा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो ।
फ्रान्सविरुद्ध मैदान उत्रदा हंगेरी पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।

