एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा भईरहेको छ ।
हाम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा चेक रिपब्लिकले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो ।
जसमा उनले सहजै गोल गरे ।

समूह 'डी’ मा रहेको क्रोएसिया आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।
चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।