एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्विडेन र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
समूह 'ई' मा रहेको स्लोभाकिया आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।
स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
