पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने
शुक्रबार, असार ४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।
यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।
पछिल्लो पटक खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले चेतावनी दिएको हो ।
सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानी खान आग्रह गरेका थिए ।
यस्तै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए ।
इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
