एजेन्सी । रियल मड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् ।
रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ ।
रियलले बिहीबार पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने समेत जनाएको छ ।
स्पेनिस सेन्टर ब्याक रामोसको क्लबसँगको समझौता यहिँ जुनको अन्त्यसँगै सकिदैछ ।
३५ वर्षीय डिफेन्डर रामोसले १६ वर्ष बसेर रियल छाडेका हुन् ।

सन् २००५ मा सेभियाबाट उनी रियल आएका थिए ।
रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका छन् ।
रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।
रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।
फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।
यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।