एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
प्रिमियर लिगले बुधबार सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रिमियर लिगको नयाँ सिजन अगस्ट १४ बाट सुरु हुनेछ ।
सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन १० खेलहरु हुनेछ ।
च्याम्पियन म्यानचेस्टर सिटीले टोटेनहमसँग उसैको मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
यस्तै म्यानचेस्टर युनाईटेडले लिड्ससँग घरेलु मैदानमा खेल्नेछ ।
चेल्सीले पहिलो खेलमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा खेल्ने छ ।
लिभरपुल पहिलो खेलमा नर्विच सिटीको भ्रमणमा जानेछ ।
आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्दा लेष्टर उल्भ्ससँग खेल्नेछ ।
एभर्टनले साउथह्याम्पटनसँग खेल्दा बर्नलीले ब्राइटन, न्युकासलले वेस्ट ह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ ।