एजेन्सी । इंग्लिस क्लब टोटेनहमले मुख्य प्रशिक्षकमा पाउलो फोन्सेकालाई नियुक्त गर्ने भएको छ ।
टोटेनहमले फोन्सेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको बीबीसीले जनाएको छ ।
बीबीसीले क्लब र फोन्सेका सम्झौताको नजिक पुगेको जनाएको छ ।
जोसे मोरिन्होलाई गत अप्रिलमा बर्खास्त गरेपछि टोटेनहम नयाँ प्रशिक्षकको खोजी गरिरहेको छ ।
पछिल्लो पटक एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षक बनाउने टोटेनहमको योजना विफल भएको थियो ।
पोर्चुगिज प्रशिक्षक फोन्सेकाले गत मेबाट इटालियन क्लब रोमा छाडेका थिए ।
४८ वर्षीय फोन्सेकाले रोमा अघि शाख्तर डोनेस्कको टिम हेरेका थिए ।