एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ होम जर्सी सार्वजनिक गरेको छ ।
ला लिगा क्लब बार्सिलोनाले सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको हो ।
बार्सिलोनाको नयाँ जर्सी नाइकी कम्पनिले बनाएको हो ।
बार्सिलोनाले नयाँ जर्सी बजारमा बिक्री सुरु भएको समेत जनाएको छ ।
बार्सिलोना गत सिजन तेस्रो स्थानमा रहेको थियो ।

