अष्ट्रेलियाको शतप्रतिशत जित
मंगलबार, ०१ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप तथा एसियन छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले १० खेलाडीमा सिमित जोर्डनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
कुवेत सिटीमा अष्ट्रेलियालाई जित दिलाउन ह्यारी सुटरले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ८७ औं मिनेटमा मुसाले रातो कार्ड पाएपछि जोर्डन १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै समूह 'बी' अष्ट्रेलिया शतप्रतिशत जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । यस्तै अष्ट्रेलिया एसियन कपमा समेत छनोट भएको छ ।
अष्ट्रेलियाले यस समूहमा ८ खेलमा २४ अंक जोडेको छ । जोर्डन १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहमा नेपाल चौंथो स्थानमा रह्यो । नेपालले ६ अंक जोड्यो ।







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
