एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बनेका छन् ।
युरोपमको ११ शहरमा जारी १६ औं संस्करणको युरोकप अन्तर्गत हंगेरीविरुद्ध खेल्ने टिमको सुरुवाती-११ मा परेसँगै रोनाल्डोले कीर्तिमान बनाएका हुन् ।
रोनाल्डो हंगेरीसँग खेल्ने पोर्चुगलको सुरुवाती-११ मा परेका छन् । उनी टिमका कप्तान समेत रहेका छन् ।
३६ वर्षीय रोनाल्डो यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् ।
रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।
रोनाल्डोले चारै संस्करण गोल समेत गरेका छन् । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।
