एजेन्सी । इंग्ल्यान्डका गोलकिपर डिन हेण्डरसनले युरोकप फुटबल गुमाउने भएका छन् ।
चोटका कारण गोलकिपर हेण्डरसनले जारी युरोकप गुमाउने भएका हुन् ।
हिप चोटका कारण उनले युरो गुमाउने भएका हुन् । उनी सोमबार टिमको प्रशिक्षणमा उपस्थित भएनन् ।
म्यानचेस्टर युनाईटेड गोलकिपर हेण्डरसन इंग्ल्यान्ड टिमको दोस्रो रोजाईका गोलकिपर हुन् ।
इंग्ल्यान्डले हेण्डरसनको स्थानमा आरोन राम्सडेललाई टिममा बोलाएको छ ।
आरोन इंग्ल्यान्डले घोषणा गरेको टिममा थिएनन् ।
युरोमा इंग्ल्यान्डले विजयी सुरुवात गरिसकेको छ ।
इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई हराएको थियो ।