सोमबार, असोज ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. पोल्याण्डलाई लेवान्डोस्कीको साथ

पोल्याण्डलाई लेवान्डोस्कीको साथ

२०२१ जुन १४, सोमबारखेलपाटी संवाददाता

पोल्याण्डलाई लेवान्डोस्कीको साथ

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'इ’ मा रहेको पोल्याण्ड र स्लोभाकियाबीचको खेल नेपाली समय अनुसार राति ९:४५बजे सुरु हुनेछ । आज पोल्याण्ड र स्लोभाकिया जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।

पोल्याण्डले सन् १९८० यता ८ ठुला प्रतियोगितामा खेलिसकेको छ । जसमा एक मात्रै जित हासिल गरेको छ । त्यो थियो अन्तिम युरोकपमा उत्तरी आयरल्याण्डविरुद्ध । त्यसैले पहिलो खेलमा पोल्याण्ड यसको सुधारमा हुनेछ ।

यता, स्लोभाकिया समेत पोल्याण्डका प्रभावशाली स्ट्राइकर रोबर्ट लेवान्डोस्कीसँग सतर्क रहनेछ । पछिल्लो समय क्लब फुटबलमा लेवान्डोस्कीको प्रदर्शन उच्च रहेको छ । दुई टोली ठुला प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन् ।

प्लेयर्स टु वाच -

रोबर्ट लेवान्डोस्की– पोल्याण्ड

युरोपको क्लब फुटबलमा पछिल्लो समय प्रभावशाली प्रदर्शन गरिरहेका खेलाडी हुन् लेवान्डोस्की।  लेवान्डोस्की बुन्डेसलिगा क्लब बायर्न म्युनिखबाट खेल्ने गर्छन् । उनले क्लब तथा राष्ट्रिय टोलीबाट ५०० गोल पूरा गरिसकेका छन् ।

उनीसँग बोरुसिया डर्टमण्डबाट खेलेको अनुभव समेत रहेको छ । लेवान्डोस्की पोल्याण्डको यू-१९ र २१ टोलीबाट समेत खेलेका छन् । राष्ट्रिय टोलीबाट उनले १ सय १९ खेल खेल्दै ६६ गोल गरेका छन् ।

लेवान्डोस्कीले सन् २००८ मा २० वर्षको उमेरमा सान मारियोविरुद्ध डेब्यु गरेका थिए । लेवान्डोस्कीले ठुला १० खेलमा मात्र १ गोल गरेका छन् । सन् २०१६ को युरोकपमा पोर्चुगलविरुद्ध गोल गरेपछि उनी गोलविहिन रहँदै आएका छन् ।

गत सिजन उनले बुन्डेसलिगामा गोल्डेन बुट जितेका थिए ।

Euro 2016 Player of the Day: Marek Hamsik (Slovakia) - Sport360 News

मारेक हाम्सिक – स्लोभाकिया

हाम्सिक स्लोभाकियाका कप्तान तथा मिडफिल्डर हुन् । स्लोभाक अट्याकिङ मिडफिल्डर हाम्सिक स्विडिस क्लब आईएफके गोटबर्कबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।

मिडलाइनमा बल होल्ड गर्न, लामा प्रहार गर्न, विपक्षी डिफेन्डरलाई सहजै बिट गर्न माहिर छन् । ३३ वर्षीय हाम्सिकसँग सिरी 'ए' क्लब नापोली, चाईनीज सुपर लिग क्लब डालियनबाट खेलेको अनुभव समेत रहेको छ ।

उनले स्लोभाकीयाको यू–१७, १९, २१ बाट खेलेका छन् । यस्तै राष्ट्रिय टोलीबाट १ सय २६ खेल खेल्दा २६ गोल समेत गरेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

Bhat Bhateni
 गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

गाभीले घुँडामा शल्यक्रिया गर्नुपर्ने, लोपेज पनि चोटग्रस्त

सन्न्यास लिँदै बुस्केट्स

सन्न्यास लिँदै बुस्केट्स

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

फाइनल पुग्न नेपालले भारतसँग खेल्ने

मन्त्रीविहीन खेलकुद मन्त्रालय

मन्त्रीविहीन खेलकुद मन्त्रालय

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

तिलोत्तमा क्रिकेट लिग : अक्सनमार्फत ६ टोलीले भित्र्याए ८४ खेलाडी

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

डिककले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास फिर्ता

साँझ यूएई उड्दै नेपाली टोली

साँझ यूएई उड्दै नेपाली टोली

फिका हुँदै भारत र पाकिस्तानको  ‘राइभलरी’

फिका हुँदै भारत र पाकिस्तानको ‘राइभलरी’