एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।
स्कटल्याण्ड १९९८ पछि पहिलो पटक ठुलो प्रतियोगिता खेल्न लागेको हो । स्कटल्याण्ड ठुला प्रतियोगितामा समूह चरण पार गर्न सकेको छैन ।
स्कटल्याण्ड र चेक रिपब्लिक पहिलो पटक ठुलो प्रतियागितामा भिड्न लागेको हुन् ।
आजको खेलमा प्लेयर्स टु वाच :
प्याट्रिक शिक – चेक रिपब्लिक
चेक रिपब्लिकका युवा अट्याकर हुन् प्याट्रिक शिक । जर्मन बुण्डेस लिगा क्लब बायर लिभरकुसेनबाट व्यवसायिक फुटबल खेलिरहेका उनी स्कटल्याण्डविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् ।
शारीरिक तथा प्राविधिक रुपमा बलिया प्याट्रिक 'लेफ्ट फुटेट' खेलाडी हुन् । उनी सेन्टर फरवार्ड र राईट विंगरबाट समेत खेल्न सक्छन् । २५ वर्षीय प्याट्रिकसँग स्कटल्याण्डको यू-१६, १७, १८, १९ र २१ टोलीबाट खेलेको अनुभव समेत छ ।
राष्ट्रिय टोलीमा उनले २६ खेल खेल्दा ११ गोल गरेका छन् । प्याट्रिकसँग आरबी लाइपजिग, रोमा र साम्पाडोरियाबाट व्यवसायिक खेल खेलको अनुभव समेत रहेको छ ।
एन्डी रोबर्टसन – स्कटल्याण्ड
एन्डी रोबर्टसनले २३ वर्षपछि ठुलो प्रतियोगिता खेल्दै गरेको स्कटल्याण्डलाई हाक्ने जिम्मेवारी पाएका छन् । इंग्लिस क्लब लिभरपुरबाट व्यवसायिक फुटबल खेलिरहेका रोबर्टसनलाई युरोकपमा टिमलाई सफल बनाउन दबाब छ ।
घरेलु मैदान हाम्पदेन पार्कमा स्कटल्याण्डका समर्थकले लेफ्टब्याक रोबर्टसनसँग उत्कृष्ट नतिजाको आशा राख्नेछ ।
रोबर्टसनले स्कटल्याण्डको उमेर समूह हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका हुन् । २७ वर्षीय रोबर्टसनले स्कटल्याण्डका लागि ४४ खेलमा ३ गोल गरेका छन् । लिभरपुलरबाट १ सय ३२ खेल खेलिसकेका उनले हल सिटीबाट समेत खेलेका थिए ।