एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले सुखद सुरुवात गरेको छ ।
सोमबार बिहान कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको हो ।
कोलम्बियाको जितमा एडविन कार्डोनाले विजयी गोल गरे ।
इक्वेडरविरुद्ध कोलम्बियाको प्रर्दशन खासै गतिलो भने रहेन । तर सेट पिसमा कार्डोनाको सिर्जनात्मक गोल भने खास रह्यो ।
अर्जेन्टिनी क्लब बोका जुनियर्सका खेलाडीको गोललाई सुरुवातमा अफसाइड मानिएको थियो । तर भारमार्फत सो गोललाई मान्यता दिईएको थियो ।
सोही गोल कोलम्बियालाई महत्वपुर्ण तीन अंक दिलाउन पर्याप्त रह्यो ।
समूह बीको खेलमा ब्राजिल र कोलम्बियाले जित निकालेका छन् । दुवैले समूहमा तीन–तीन अंक जोडेका छन् ।
ब्राजिलले समेत सुरुवाती खेलमा भेनेजोएलालाई ३–० ले हरायो ।