एजेन्सी । इंग्ल्यान्डका युवा खेलाडी जुड बेलिङघम युरोकप फुटबल खेल्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।
युरोकप अन्तर्गत आइतबार राति क्रोएसियाविरुद्धको खेलमा मैदान उत्रदै बेलिङघमले सर्वाधिक कम उमेरका खेलाडीको कीर्तिमान बनाएका हुन् ।
क्रोएसियाविरुद्ध मैदान उत्रदा उनी १७ वर्ष ३ सय ४९ दिनका थिए ।
बेलिङघमले नेदरल्यान्ड्सका जेट्रो विलियम्सको कीर्तिमान भङ्ग गरेका हुन् । सन् २०१२ को युरोमा १८ वर्षको उमेरमा युरोकप खेल्दै उनले कीर्तिमान बनाएका थिए ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका बेलिङघम युरो खेल्ने इंग्ल्यान्डका सर्वाधिक कम उमेरका खेलाडी समेत बनेका छन् । उनले माइकल ओवेनको कीर्तिमान तोडेका हुन् ।
मिडफिल्डर बेलिङघम खेलको ८२ औं मिनेटमा ह्यारी केनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
क्रोएसियाविरुद्धको खेल इंग्ल्यान्डले १-० ले जितेको थियो ।
