एजेन्सी । कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा अहिले ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा भईरहेको छ ।
ब्राजिलको नेसनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा ब्राजिलले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् ।
खेलको २६ औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि उनी अफसाइड रहदा गोलले मान्यता पाएँन ।
समूह 'बी' मा रहेका दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।
