एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा भईरहेको छ ।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा नेदरल्यान्ड्स र युक्रेनले गोलरहित बराबरी खेलेका छन् ।
घरेलु मैदानमा बलमा पकड जमाएपछि नेदरल्यान्ड्सले गोल निकाल्न सकेन । उक पटक पटकको आक्रमण युक्रेनी डिफेन्डर र गोलकिपर जर्ज बुस्चानले बचाएका थिए ।

आज नेदरल्यान्ड्स घरेलु मैदानमा युक्रेनलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
युक्रेन पनि पहिलो खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।
दुई टिमबीच हालसम्म दुई खेल भएको छ । जसमा नेदरल्यान्ड्सले एक खेल जितेको छ । एक खेल १-१ गोलको बराबरीमा सकिएको छ ।
