एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अहिले अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
रोमानियाको बुचारिस्टमा जारी खेलको पहिलो हाफ सकिदा अष्ट्रिया र म्यासेडोनियाले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । मार्सेलको पासमा उनले गोल गरेका थिए ।
तर,२८ औं मिनेटमा गोरान पाण्डेभले गोल गर्दै म्यासेडोनियालाई १-१ गोलको बराबरीमा फर्काए । उनले अष्ट्रियाका गोलकिपर डानिलले फुत्काएको बलमा गोल गरेका थिए ।
यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन् ।
म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

