एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा इंग्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
इंग्ल्यान्डका फिल फोडेनको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो ।

समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसिया आज जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छन् ।
इंग्ल्यान्डले क्रोएसियासँग १० पटक खेलेको छ । जसमा इंग्ल्यान्ड ५ खेलमा विजयी भएको छ ।
तीन खेल क्रोएसियाले जित्दा दुई खेल बराबरीमा सकिएको छ ।
