फाप डु प्लेसिस घाइते, अस्पताल लगियो
शनिबार, जेठ २९, २०७८खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तान सुपर लिग क्रिकेट दौरान दक्षिण अफ्रीकाका ब्याट्सम्यान फाप डु प्लेसिस घाइते भएका छन् ।
क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिस पेशावर जाल्मीविरुद्धको खेलमा घाइते भएका हुन् । उनी फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किदा घाइते भएका हुन् । उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो ।
खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ । उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ ।
क्वेटाले उनको स्थानमा साइम अयुबलाई मैदान पठाईएको छ ।
खेलमा जाल्मीले क्वेटालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)