पहिलो हाफमा इटाली र टर्कीको बराबरी
शुक्रबार, २८ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको उद्घाटन खेलमा अहिले इटाली र टर्कीबीच प्रतिस्पर्धा भईरहेको छ ।
इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ ।
पहिलो हाफको खेल सकिदा इटालीले टर्कीसँग गोलरहित बराबरी खेलेको छ ।
घरेलु मैदानमा बलमा पकड जमाएपनि इटालीले पहिलो हाफमा गोल गर्न सकेन ।
टर्कीले पनि केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन ।
आज दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीमा युवा र अनुभवी खेलाडीको सम्मिश्रण रहेको छ । तर, पछिल्लो नतिजा हेर्दा टर्कीविरुद्ध इटाली हाबी हुने अनुमान गर्न सकिन्छ ।
इटाली र टर्कीबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा टर्कीले इटालीविरुद्ध जित निकाल्न सकेको छैन । इटालीले ८ खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ ।







-1772383580216.webp&w=3840&q=75)




%20(1)-1772362880824.jpeg&w=3840&q=75)
