• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यानमाथि फेरि लैंगिक विभेदको प्रश्न
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २८, २०७८ खेलपाटी संवाददाता
क्यानमाथि फेरि लैंगिक विभेदको प्रश्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीका महिला र पुरुष खेलाडीलाई अन्तराष्ट्रिय खेलको भत्ता दिने निर्णय गर्यो ।

क्यानले एकदिवसीयमा प्रति खेल १० हजार र टी–ट्वान्टी बापत प्रति खेल ५ हजार रुपैयाँ पुरुष खेलाडीलाई दिने निर्णय गरेको थियो ।

त्यस्तै महिला टोलीका खेलाडीले भने एकदिवसीयमा ५ हजार र टी–ट्वान्टीमा ३ हजार पाउने निर्णय गरेको थियो ।

नयाँ आर्थिक कार्यविधिमा समावेशसँगै क्यानको बोर्ड बैठकले पारित गरेपछि खेलाडीको भत्ता तय भएको हो ।

क्यानले कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिमा दुर्गा राज पाठक र माधव कर्माचार्य रहेका थिए । कोषाध्यक्ष सिंहले १८ महिना लगायर क्यानको आर्थिक कार्यविधि तयार पारेको बताए ।

उनले निकै मिहिनेत गरेर आर्थिक कार्यविधि तयार पार्दै खेलाडीका लागि केही फरक गर्ने विचारको सुरुवात गरेको बताए ।

उनले क्यानले गरेको यो कार्य नेपाली क्रिकेट इतिहासकै पहिलो भएको दाबी समेत गरे ।

क्यानले खेलाडीका लागि एतिहासिक कार्य गरेपनि प्रति खेल महिला र पुरुष खेलाडीले पाउने भत्ताको विषयमा विरोध भएको छ । महिला र पुरुष खेलाडीले प्राप्त गर्ने भत्तामा क्यानले विभेद गरेको आम गुनासो रहेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले महिला र पुरुष खेलाडीलाई प्रति खेलबाट दिने भत्तामा क्यानको लैंगिक विभेदको आरोप लगाए ।

शाहले क्यानको निर्णयप्रति केन्द्रित बन्दै सबैले लैंगिक भेदभावको अन्त्य गर्नु पर्ने भन्दै ट्वीट गरेका छन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘मलाई आश्चर्य छ कि यदि कुनै बैंकले आफ्नो महिला टिमको सदस्यलाई मुआब्जाको ५० प्रतिशत मात्रै दिने निर्णय गरे के हुन्छ  ? म यो खेल मन पराउँछु । तर, मेरी आमाको छोरा र मेरी छोरीको पिता भएको नाताले म चुप रहन सक्दैन । सबै रुपमा लैंगिक भेदभावको अन्त्य गरौ ।’

No description available.

बैंकर शाहको ट्वीटपछि नेपाली क्रिकेट टोलीका व्यवस्थापक विनोद दासले रिट्वीट गर्दै प्रतिक्रिया दिएका छन् । उनले सबै एक आदर्श दुनियाँ रहन चाहने तर दुनियाँलाई आदर्श बनाउन धेरै थोक लाग्ने प्रतिक्रिया दिए ।

उनले रिट्वीट गर्दै लेखेका छन्, ‘खास तपाईले पनि यस्तै भनेको भए जब हामी महिला खेलाडीको प्रायोजनका लागि अनुरोध गर्न तपाई समक्ष आएका थियौ । हामी सबै एक आदर्श दुनियाँमा बस्न चाहन्छौ । तर, यस दुनियाँलाई आदर्श बनाउनुमा धेरै थोक लाग्दछ । अझै पनि तपाईलाई अनुरोध छ । हामी सबैको विचारधारालाई कार्यान्वयनका लागि हात मिलाउन आवश्यक छ । तपाई हाम्रो सबैभन्दा ठुलो आशा हो ।’

विनोद शासको ट्वीटसँगै धेरैले अनिल शाहप्रति असन्तुष्टि जनाएपछि दसले पुनः ट्वीट गर्दै व्यक्तिगत रुपमा कसैको आलोचना नगर्न आग्रह गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘म हामी सबैसँग अनुरोध गर्दछु कि कृपया कुनै पनि व्यक्तिलाई आफ्नो विचार राखेको भरमा लक्षित गरेर आलोचना नगरौं । म अनिल शाहको ठुलो प्रशंसक हुँ र उहाँ सधै मेरा लागि रहनु हुनेछ । म मात्र एक विषय भन्दै थिए । आज, यस्तो गर्न सजिलो छैन । तर यदि हामी एक साथ काम गर्न सक्छौ भने यो छिट्टै सम्भव हुनेछ ।’

विनोद दासको दोस्रो ट्वीटलाई लिएर शाहले धन्यावाद दिएका छन् । उनले दासलाई धन्यवाद दिँदै लैंगिक समानताका लागि आफ्नो दृष्टिकोण अपरिवर्तित रहेको उल्लेख गरेका छन् ।

उनले रिट्वीटमा खेलेका छन्, ‘सहयोगका लागि धन्यवाद विनोद दास । तर, लैंगिक समानताका लागि मेरा दृष्टिकोण अपरिवर्तित रहने छ । मलाई खुशी छ कि हाम्रो राष्ट्रिय खेलाडीको भत्तामा क्यानले वृद्धि गर्न सक्छ । मलाई आशा छ कि आउने दिनमा अझै धेरै लैंगिक समानता भएको हुनेछ ।’

No description available.

नेपाली खेलकुदमा महिला र पुरुष खेलाडीमा भत्ता र पुरस्कारको विषयमा विभेद हुनु कुनै नालौ विषय भने हैन ।

एकै प्रकृतिका कयौ प्रतियोगितामा संघले महिला र पुरुष खेलाडीको पुरस्कारमा धेरै विभेद गर्ने गरेको छ ।

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र महिला र पुरुष फुटबल खेलाडीलाई समान मासिक तलबभत्ता दिने निर्णय गरेको थियो । महिला खेलाडीले पुरुष सरह समान मासिक भत्ता पाएपनि अवसर भने समान पाउन सकेका छैनन् ।

गत वर्ष क्यानको बोर्ड बैठकले राष्ट्रिय महिला खेलाडीका लागि ऐतिहासिक निर्णय गर्दा समेत लैंगिक विभेद देखिएको थियो । क्यानले महिला खेलाडीलाई पहिलो पटक आफ्नो केन्द्रिय सम्झौतामा जोड्दै मासिक भत्ता दिने निर्णय गरे पनि पुरुष खेलाडीको तुलनामा निकै कम थियो ।

पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गर्दै क्यानले ए, बी र सी गरेर तीन श्रेणीमा भत्ताको व्यवस्था गर्यो । महिलातर्फ ए श्रेणीका खेलाडीले मासिक १५ हजार, बीले १२ र सी श्रेणीका खेलाडीले १० हजार रुपैयाँ पाउने निर्णय गर्यो ।

सोही अनुसार पुरुषतर्फ ए श्रेणीका खेलाडीले ५० हजार मासिक भत्ता पाउने क्यानको निर्णय थियो । जुन महिला खेलाडीको तलब भन्दा तीन गुणा बढी हो । तर सम्झौतामानै नरहेका महिला खेलाडीलाई पहिलो पटक मासिक भत्ता दिने क्यानको निर्णय भने आफैमा प्रशंसनीय थियो ।

क्यानले गरेको यो निर्णयले पुरुष र महिला खेलाडी बीचको विभेद भने देखाएको भन्दै आलोचना भयो । तर क्यान जस्तै घरेलु खेलकुदमा लैंगिक विभेद भने रोकिन सकेको छैन ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किइन् अञ्जिला
स्वदेश फर्किइन् अञ्जिला
च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे
च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP