धवनको कप्तानीमा भारतको टिम घोषणा
बिहिबार, जेठ २७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । भारतले श्रीलंका भ्रमणका लागि टिमको घोषणा गरेको छ ।
बीसीसीआईले बिहीबार श्रीलंकासँगको सिरिजका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो ।
बीसीसीआईले शिखर धवनको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो ।
टिमको उपकप्तान भुवनेश्वर कुमार रहेका छन् ।
भारतीय टिमको मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् ।
श्रीलंका भ्रमण दौरान भारतले घरेलु टिमसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
तीन खेलको एकदिवसीय सिरिज जुलाई १३ बाट सुरु हुनेछ ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज २१ जुलाईबाट सुरु हुनेछ ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)