• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
खेलाडी देशको गहना, कुन चाहिँ गहना ?
खेलपाटी संवाददाता
आइतबार, जेठ २३, २०७८ खेलपाटी संवाददाता
खेलाडी देशको गहना, कुन चाहिँ गहना ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक इंग्ल्यान्डको भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा थिए ।

तर, भिषा समस्याको कारण सन्दीप पहिलो पटक भाइटालिटी टी-ट्वान्टी खेल्नेबाट बन्चित भएका छन् । भिषा ढिला आएपछि इंग्ल्यान्ड जान नपाएका सन्दीपले प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भए ।

सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । तर, र्यापिड्सले सन्दीपको स्थानमा न्युजिल्याण्डका लेग स्पिनर इश सोधीलाई अनुबन्ध गरेको छ ।

टी-ट्वान्टी ब्लास्ट खेल्नबाट बन्चित भएपछि सन्दीपले दुख व्यक्त गरेका छन्  ।  सामाजिक संजाल फेसबुक लाईभमा सन्दीपले आफु निकै दुखि बताएका हुन् ।

सन्दीपले आफुलाई सम्बन्धित निकायले सहयोग नगरेको समेत बताएका छन् । उनले राष्ट्रको गहनालाई हेर्ने दृष्टिकोण नबदलिएको बताएका छन् ।

 सन्दीपले फेसबुक लाईभमा के के भने ? उनकै शब्दमा ।

'म आज मेरो भिषाको विषयमा भन्दै छु । म काउन्टी क्लबका लागि छनोट भएको थिए । त्यो मेरा लागि निकैनै खुसीको कुरा थियो । कुनै पनि खेलाडी वा एसोसिएट खेलाडीका लागि काउन्टी एक ठुलो प्लेटफम हो । तर, म यसको प्रोसेसको विषय देखि निकै दुखी थिए ।

खासमा मैले त्यो प्रतियोगिताका लागि मे २७ मा जानु पर्ने थियो । मेरो यात्रामा मैले १० दिन अरु देशमा बसेर ४–५ दिन इङ्ल्यान्डमा पनि क्वारेन्टिाइनमा बस्नु पर्ने थियो । करिब १५ दिनको क्वारिन्टाइनपछि म प्रतियोगिता खेल्न तयार हुने थिए । तर, मलाई नै थाहा छैन । कहाँ के भइरहेको छ । मैले एक दुई दिन अगाडी ट्वीट पनि गरेको थिए । कसैले सहयोग गर्छ कि भनेर । यतिबेला हाम्रो देशको अवस्था के छ र देशमा के भइरहेको छ त्यो मलाई थाहा छ । अहिले नेपालमा अवस्था निकै असहज छ । तर, यस्तो अवस्थामा पनि खेलाडीलाई कसैन कसैले सहयोग गरिदिएको भए हुने थियो ।

यसमा पनि हामी एसोसिएट । त्यसमा पनि हामी नेपाली खेलाडीले थोरै मात्रामा अवसर पाउने गर्दछौ । हाम्रा लागि सानो भन्दा सानो अवसर पनि ठुलो हुन आउछ । काउन्टी क्लब धेरै खेलाडीका लागि ठुलो अवसर हो ।  मैले भन्नु पर्दैन होला । हरेक राष्ट्रका खेलाडी त्यहा गएर खेल्नु हुन्छ । त्यो अवसर मैले पनि पाएको थिए । अझ पनि पाउन सकिन्छ ।

तर, मेरो भिषाको विषयमा लापरबाही कहाँबाट भयो । मेरो पासपोर्टमा भिषा पहिले नै लागि सकेको रहेछ । मैले हिजो मात्रै पासपोर्ट पाए । त्यसमा भिषा जारी मिति हेर्ने हो भने धेरै अगाडीको नै छ । तर, मैले पासपोर्ट पाउन्जेलसम्म अत्यन्तै ढिला भइसकेको थियो ।

यदि म आज भन्दा ४–५ दिन अगाडी मात्रै जान पाएको भए । मैले दुई तीन खेल गुमाएर खेल्न पाउँथे होला ।

मलाई थाहा छैन पहिला पनि यि समस्याहरु मैले भोग्दै आएको छु । मलाई थाहा छैन अरु कति जनाले भोग्नु  भएको छ । कति जनाले छैन् । पछिल्लो समय पनि म अमेरिकन दुताबासमा जाँदा अपमानीत भएको थिए । मैले यि विषय कहिलै पनि खुलेर भनिन् । मलाई थाहा छैन्, कहिलेसम्म हुने हो ।

यस पटक पनि इङ्ल्यान्डको भिषा त्यस्तै भयो । भिषा लागि सकेको थियो । तर, पासपोर्ट भने नेपालमा ढिलो आई पुग्यो । ढिला चाहि किन आयो । के कारणले गर्दा मेरो पासपोर्ट ढिला आयो । मलाई जहाँसम्म याद छ, थाहा छ भारतबाट प्लेन पनि आइरहेका थिए । त्यो समयमा हामी पासपोर्ट मगाउन सक्थ्यौ । तर, किन ढिला आयो अहिलेसम्म मलाई थाहा छैन् ।

यसले एउटा खेलाडीलाई कति पीडा दिन्छ । जब उसको अगाडी कुनै अवसर आउँछ र गुमाउनु पर्छ । यो हाम्रा लागि एक नौकरी जस्तै हो । हामीले यस खेललाई माया गर्छौ ।

फेरि हामी कुरा गर्छौ कि नेपालको क्रिकेट किन बढेन । नेपालले अवसर पाउँदैन् । अवसर पाएको समयमा कस्ले पो साथ दिएको छ ? आजसम्म म शान्त रहे । मैले एकदमै नराम्रो स्थिती पनि भोगिसकेको छु । झुटो ओरोपहरु पनि भोगिसकेको छु । स्टारडम पायो । एक दुई लिग खेल्यो, मात्तियो, घमन्डी भयो भनेर कतिले भन्नु हुन्छ । तर, तपाई आफैले आफैलाई प्रश्न गर्नु, तपाईले कति जना खेलाडीलाई चिन्नु भएको छ ? फेरि तपाईहरु नै भन्नु हुन्छ, नेपालको खेलाडीले अवसर पाइरहेको छैन् । उनीहरुले केही गरिरहेको छैन् ।

हामी बाहिर खेल्न जाँदा धेरै भिषाको समस्या भोगिरहेका छौ । यसअघि पनि मैले ट्वीट गर्दा जस जसलाई मैले मेन्सन गरेको थिए, उहाँहरु कसैले पनि त्यो मेरो समस्यामा चासो देखाएनन् । अब यसको भोलीको असर कस्तो पर्छ । अब कुनै विदेशी टोलीले नेपाली खेलाडीलाई लिन खोज्ला कि नाई ?

अब मैले अर्को सिजन इङ्ल्यान्डको काउन्टी  क्लबका लागि खेल्न जादा सबैको दिमागमा त्यही हुन्छ कि नेपालको खेलाडीलाई युकेको भिषा पाउन निकै गाह्रो छ । यसले गर्दा अरु खेलाडीका लागि पनि ढोका कसरि खोल्ने ।

खेलाडी देशको गहना, कुन चाही गहना ? सबैले आ आफ्नो स्वार्थ हेरेर भएननी । आजसम्म खेलकुद लगायत कुनै पनि क्षेत्रबाट कसैले पनि सन्दीप म तिमिसँग छु भनेर भनेको छैन् । यो मैले खेल्न नपाएर यस्तो भनिरहेको हैन् । यो हाम्रो भविष्य र नेपाली खेलाडीको भविष्यको कुरा हो । यस्तो हो भने हामी कसरि अगाडी बढ्न सक्छौ ।

म बलियो त छु । तर सबैको भावना हुन्छ । मैले यो भिख मागे जस्तै भयो । कति पटक भनिरहनु पर्छ मैले । नेपाली खेलाडी किन प्राथमिकतामा पर्दैनन् । यो बन्दाबन्दीको बेला मात्रै हैन् । पहिला पनि यस्तो अवस्था आएको हो । यो समस्या भोली अन्य खेलाडीले पनि भोग्ने छन् ।

नेपाली क्रिकेट अगाडी बढेन् । नेपाल टेस्ट राष्ट्र भएन भनेर मात्रै प्रश्न गर्छौ । नेपाली क्रिकेटका लागि लगानी कस्ले गर्ने । खेलाडीलाई साथ कस्ले दिन्छ । तालि मात्रैले पुग्दैन् । कामले पनि देखाउनु पर्छ ।

सम्झौता रद्द हुनुको पीडा मलाई मात्र थाहा छ । मलाई थाहा छ अर्को सिजन छ । कुनै न कुनै टोलिले कुनै न कुनै समय लिन्छ । तर, भोली आउने दिनमा अरु नेपाली खेलाडीलाई कस्तो असर पर्छ । उसले अवसर पाइरहेका बेला उसको मनमा कस्तो असर पर्ला ? यो समस्या कहिले रोकिने ?

मलाई आशा थियो कि खेलकसद मन्त्रालयबाट कुनै न कुनैले सन्दीप के छ भनेर फोन गर्नु हुन्छ भनेर । भिषाको  काम हुन सक्थ्यो, सक्थेन् । ढिलो भएपनि केही थिएन् । तर, कम्तिमा एक जानले पनि फोन गरेर भन्नु भएनकी सन्दीप हामी हाम्रो तर्फबाट काम गरिरहेका छौ । मलाई यो पनि थाहा छैन कि खेलकुद मन्त्रालयमा कति जनालाई थाहा थियो, सन्दीप काउन्टी क्लबका लागि खेल्न जाँदैछ भनेर ।

म नेपाली खेलाडी र नेपाली क्रिकेटको भविष्य बारेमा निकै गम्भीर छु । मलाई थाहा छैन भोलि के हुनेछ । आशा गर्छु कुनै न कुनै दिन होस् ।'  

(सन्दीपले फेसबुक लाईभमा बोलेको कुराको सम्पादित अंश)

 

यो पनि ...

सन्दीपको स्थानमा इश सोधीले खेल्ने

सन्दीपले भाइटालिटी ब्लास्ट क्रिकेट गुमाउने

बेलायत जान सन्दीपलाई भिसाको समस्या

 
 
 
 
 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
हेजलवुड बैंग्लोर फर्कने तयारीमा
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोले  भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने
रोनाल्डोले भालाडोलिडमा रहेको आफ्नो सेयर बेच्ने
स्वदेश फर्किइन् अञ्जिला
स्वदेश फर्किइन् अञ्जिला
च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे
च्याम्पियन प्रशिक्षक अर्थात कोन्टे
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP