एन्सेलोटी रियलको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्सेलोटीले रियलसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२४ सम्म रियलमा रहने छन् ।
मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई क्लब फर्काएको हो ।
एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए ।
६१ वर्षीय अनुभवी प्रशिक्षक पछिल्लो समय इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।
त्यसअघि उनले इटालियन क्लब नापोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
एन्सेलोटी तीन पटक च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए ।
उनले यस अघि युभेन्ट्स,मिलन, चेल्सी, पीएसजी र बार्यन म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।