एजेन्सी । इंग्ल्यान्डले युरोकप फुटबलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
इंग्ल्यान्डले प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
प्रारम्भिक चरणबाट जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाट्कीन्स, मासन ग्रीनउड, बेन गोडफ्रे, बेन व्हाइट र आरोन राम्सडेल बाहिरिएका छन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
