एजेन्सी । इंग्ल्यान्डका युवा फरवार्ड मासन ग्रीनउडले युरोकप गुमाउने भएका छन् ।
चोटका कारण ग्रीनउडले युरोकप गुमाउने भएका हुन् ।
म्यानचेस्टर युनाईटेडले ग्रीनउडले युरो गुमाउने पुष्टि गरेको छ ।
ग्रीनउड इंग्ल्यान्डले घोअशाना गरेको प्रारम्भिक चरणको टिममा अटाएका थिए ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले आज युरो खेल्ने २६ सदस्सीय टिमको अन्तिम घोषणा गर्दैछ ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।